Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सत्ता गठबन्धनलाई बहुमत पुर्‍याइदिन हामी तयार छौं : सीके राउत

    सत्ता गठबन्धनलाई बहुमत पुर्‍याइदिन हामी तयार छौं : सीके राउत

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनलाई अपुग सीट पुर्‍याउन आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

    निर्वाचन आयोगको जलपान समारोहमा सहभागी भएका राउतले गठबन्धनलाई बहुमत पुर्‍याइदिन आफुहरु तयार रहेको बताएका हुन् ।



    तर गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भनेर आफूले नरोज्ने उनले प्रष्ट पारे । राउतले मधेस प्रदेशकोम मुख्यमन्त्रीमा आफने पार्टीले दाबी गरेको बताए ।



    उनले भने, ‘उहाँहरुसँग घनिभूत छलफल भइरहेको छ र सहमति निकट छौं । तर, अरु विकल्पमा पनि हामी खुल्ला छौं । जोबाट हाम्रो माग सम्वोधन हुन्छ, उसैलाई समर्थन गर्ने हो ।’

    उनले सत्ता गठवन्धनसँग मिलेर सरकारमा जान आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन् । तर, अरु विकल्पहरुमा पनि पार्टी खुल्ला रहेको बताए ।

    राउतले गठवन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर, निष्कर्षमा नपुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार