Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 573
    SHARES

    फाइल तस्विर

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो अहिले नियन्त्रणबाहिर गएको हो ।



    आगो नियन्त्रणका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतलाई आग्रह गरिएको बताइएको छ ।



    घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको बताइएको छ ।

    बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार