Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओछ्यानमा पुग्दा पनि मेसीले छाडेनन् विश्वकपको ट्रफी

    ओछ्यानमा पुग्दा पनि मेसीले छाडेनन् विश्वकपको ट्रफी

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 543
    SHARES

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता जितेको अर्जेन्टिनी टोली आज मङ्गलवार स्वदेश फर्किएको छ ।

    टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् । लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् ।



    सरकारले आज सार्वजनिक बिदा नै दिएको छ । विश्व कपको उपाधि जित्ने क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेसी नायक बने । संसारभर उनको चर्चा भइरहेको छ ।



    पाँच वटा विश्व कप खेल्दा अहिले पहिलो पटक उपाधि जिताएका मेसीले विश्वकपको ट्रफीलाई निकै माया गरेका छन् । उनले ओछ्यानमा जाँदासमेत ट्रफी छाडेका छैनन् ।

    मेसीले विश्वकप ट्रफिलाई सिरानीमा राखेर सुतेको तस्बिर सामाजिक संजालमा राखेका छन् । उनको अफिसियल फेसबुक पेजमा राखिएको तस्बिरमा मेस्सीले ट्रफीलाई छेउमा राखेर सुतेको देखिन्छ।

    तीनवटा तस्बिर अपलोड गरिएकामा अर्कोमा उनले सुतेर उठेपछि खिचिएको तस्बिर पनि राखेका छन् । उनले फेसबुकमा राखेको तस्बिरमा ट्रफीसँगै सुतेको अनि केही पिएको देखिएको छ । ओछ्यानमा ट्रफीसँग मेस्सी निकै मख्ख देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार