Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो : प्रकाशशरण महत

    कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चुन्यो : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 588
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

    आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिएका छन्।



    ‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’



    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार