Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति विद्या भण्डारी प्रदर्शनी उद्घाटन गर्न आज बुटवल जाँदै

    राष्ट्रपति विद्या भण्डारी प्रदर्शनी उद्घाटन गर्न आज बुटवल जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) बुटवल जाने भएकी छिन् ।

    रूपन्देही उद्योग संघद्वारा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल जान लागेकी हुन् ।



    रुपन्देही उद्योग संघको आयोजनामा आजबाट सुरु हुन लागेको प्रदर्शनि पुस १९ गतेसम्म चल्ने छ।



    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन्।

    यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ। बुटवलमा प्रत्येक वर्ष पुस महिनामा मेला महोत्सव हुँदै आएको छ।

    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, गायकगायिका, हाँस्य कलाकार र ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्ट, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार