Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारी औद्योगिक प्रदर्शनी उद्घाटन गर्न बुटवलमा

    राष्ट्रपति भण्डारी औद्योगिक प्रदर्शनी उद्घाटन गर्न बुटवलमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 696
    SHARES

    बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि बिहीबार बुटवल पुगेकी छन्।

    रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल गएकी हुन्।



    राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १:१० बजे अवतरण गरेकी थिइन्।



    उनले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गर्नेछिन् ।

    राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार