Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आइरहेको छ : सीके राउत

    सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आइरहेको छ : सीके राउत

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 726
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त ‘सीके’ राउतले सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आएको बताएका छन् ।

    सांसदको शपथ लिन नयाँ वानेश्वरस्थित संसद भवन पुगेका राउतले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धन र एमालेले सरकारमा सहभागीताको लागि अनुरोध गरेको बताए ।



    राउतले भने, ‘कस्तो सरकार बन्छ भन्ने थाहा छैन । सरकार बन्छ भन्ने मात्रै बुझ्न सकिन्छ । न त लेफ्ट छ, न त राइट छ । जुनसुकै सरकार बने पनि त्यहाँ गएर जनताका माग पूरा गराउने मात्रै हो।’



    अहिलेसम्म कस्तो सरकार बन्ने निर्क्यौल नभएको तर, जस्तो सरकार बने पनि आफ्नो सहभागिता रहने उनले बताए ।

    पार्टीले सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट जनताको माग पूरा गराउन लागिपर्ने राउतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार