Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस प्रवक्ता महत भन्छन्– नेपालको स्वार्थ सुनिश्चित गरेर नै बीआरआईमा हस्ताक्षर गरिएको हो

    कांग्रेस प्रवक्ता महत भन्छन्– नेपालको स्वार्थ सुनिश्चित गरेर नै बीआरआईमा हस्ताक्षर गरिएको हो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 624
    SHARES

    काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को एमएयू (प्रबन्धपत्रमा) हस्ताक्षर गर्दा नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गरेको बताएका छन्।

    सेन्टर फर साेसियल इन्कुलुजन एन्ड फ्रेडालिज्मले आयाेजना गरेकाे छलफल कार्यक्रममा बोल्दै महतले उक्त कुरा बताएका हुन्।



    ‘चीनले प्रस्ताव गरेका अनेक बिषयलाई परिवर्तन गरेर नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गर्‍यौँ,’ महतले भने।



    सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा महत परराष्ट्रमन्त्री थिए। महतले आफ्नो उक्त कार्याकालमा एमओयूमा हस्ताक्षर गरेका थिए।

    बीआराआईको सम्बन्धमा नेपालमा पर्याप्त छलफल नभएको महतले दाबी गरेका छन्। यसका सिद्धान्त तथा अन्य प्रावधानमा पर्याप्त छलफल आवश्यक रहेको पनि महतले बताए। बीआरआईको अन्य मूलुकको अवस्थालाई हेरेर पनि यसलाई अघि बढाउनुपर्ने महतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार