Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • धनुषामा गोली चल्यो, एक घाइते

    धनुषामा गोली चल्यो, एक घाइते

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

    जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका(२ मा शनिबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दास गम्भीर घाइते भएका हुन् ।



    घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    गोली कसले र किन चलाएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार