Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनी नागरिकलाई जेलेन्स्कीको आग्रह – रुसी आक्रमणको सामना गरी क्रिसमस मनाउनू

    युक्रेनी नागरिकलाई जेलेन्स्कीको आग्रह – रुसी आक्रमणको सामना गरी क्रिसमस मनाउनू

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 666
    SHARES

    फाइल फोटो

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई रुसी आक्रमणको सामना गर्दै क्रिसमस मनाउन आग्रह गरेका छन् ।

    क्रिसमस दिवसका अवसरमा उनले देशको स्वतन्त्रता अहिलेका लागि सबैभन्दा ठूलो मूल्य रहेको बताएका हुन् ।



    रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण अहिले लाखौँ युक्रेनी बिजुलीविहीन छन् । चिसोमा उनीहरु कष्टकर दैनिकी बिताउन बाध्य छन् । धेरै युक्रेनीका लागि क्रिसमस पनि अँध्यारो र चिसोमा नै बित्नेछ ।



    युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनको दक्षिणी खेरसन सहरमा रुसी हवाई आक्रमण भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार