Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम : राष्ट्रपति कार्यालय

    बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम : राष्ट्रपति कार्यालय

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 609
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।

    राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो ।



    पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ’ ढकालले भने, ‘पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला ।’



    प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने ढकालले बताए । उनका अनुसार, सम्भवतः आज शपथ ग्रहण हुदैन ।

    बालकोटमा सम्पन्न बैठकमा साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार