Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीले पठाए राष्ट्रपतिसमक्ष १३ मन्त्रीहरुको नाम

    प्रधानमन्त्रीले पठाए राष्ट्रपतिसमक्ष १३ मन्त्रीहरुको नाम

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 501
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्ने १३ जनाको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।

    स्रोतका अनुसार प्रचण्डले पहिलो चरणमा मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनका दलहरुबाट प्राप्त १३ जनाको नाम  नियुक्त गर्न सिफारिस गर्दै राष्ट्रपतिलाई पठाएका हुन् ।



    उनीहरुको शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।



    उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार