Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस

    सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 642
    SHARES

    काठमाडौं । सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको छ।

    आइतबारको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि शीतल निवास पठाइएको हो ।



    टीकापुर घटनाका राजबन्दी रेशम चौधरी, विपल्व र सीके राउतका कार्यकर्ताको मुद्दा रिहाइका लागि सरकारले अध्यादेश ल्याएको हो।



    आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    सरकारले बिना छलफल अध्यादेश ल्याएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने आपत्ति जनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् सरकारको विरोध गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार