Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीसँग छलफल गर्ने

    अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीसँग छलफल गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

    ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग पौडेलले छलफल गर्न लागेका हुन् । अर्थमन्त्री बनेको भोलिपल्टै वार्ताबाट समाधान निकाल्नेगरी उनले गृहकार्य थालेका छन् ।



    पदभार ग्रहण गर्दैगर्दा पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका थिए । पहिलो मन्त्रिपरिषद् बैठक अर्थतन्त्र सुधारमा केन्द्रित थियो ।



    हिजोको बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरिसकेको छ ।

    ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार