Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, खुकुरी प्रहार गर्ने ४ जना पक्राउ

    आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, खुकुरी प्रहार गर्ने ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 696
    SHARES

    काठमाडौं । प्रर्दशनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच विवादपछि खुकुरी प्रहार भएको छ।

    बुधवार बिहान १० बजेको समयमा एउटा समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा ३ जना घाइते भएका हुन् ।



    खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।



    खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार