Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

    स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 801
    SHARES

    काठमाडौं । आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर)माथि छानबिन सुरू भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले शंखरापुर नगरपालिका बोझनीमा स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने इन्स्पेकटर विशालबहादुर बुढाथोकीकाथि छानबिन सुरू गरेको हो ।



    शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।



    गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।

    प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार