Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

    यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं। यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ ।

    प्रहरीले चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट २६ जना बिचौलियालाई पक्राउ गरिएको हो ।



    सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ ।

    नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् ।

    यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार