Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ज्यान मार्ने उद्योग मुद्दामा फरार ५ जना पक्राउ

    ज्यान मार्ने उद्योग मुद्दामा फरार ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 840
    SHARES

    काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका पाँच जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपलिका-३२ महादेवस्थान बागमती करिडोर सडक खण्डमा दुई जनालाई धारिलो हतियार छुरी प्रहार गर्ने ५जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसरले जनाएको छ ।



    घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौंबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई-१ स्थित एउटा घरमा लुकी छिपी बसेको अवस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डी-७ बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुली फिकल-३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहट बौधीमाई-१ का १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ ।

    उनीहरूको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार