Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ठूलो परिणामको लागूऔषधसहित चार जना पक्राउ

    ठूलो परिणामको लागूऔषधसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 573
    SHARES

    काठमाडौं । प्रहरीले ठूलो परिणामको लागूऔषधसहित कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएकी ४० वर्षीया सबिता खातुन, २७ वर्षीया सहनाज खातुन, ३३ वर्षका शेष अमिर र सर्लाही घर भएका अमृत चौधरी छन् ।



    वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७०३६ नम्बरको बसमा सवार ३ जनाको साथबाट प्रहरीले डायलक्स डिसी १५९ बोत्तल, फेनारगन १ हजार एम्पुल, नाइट्रोभ्याट ४ हजार ५ सय ट्याब्लेट, नुफ्रिन १ हजार एम्पुल र डाइजेपाम १ हजार एम्पुल बरामद गरेको हो ।



    आरोपीमध्येका अमृत चौधरी बागमती प्रदेश–०३–००१ ख २५४७ नम्बरको बसमा सर्लाहीबाट काठमाडौं आएका हुन् ।

    उनको साथबाट ४८ बोत्तल कोरेक्स बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । आरोपीहरुमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार