Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी, ३ सदस्यीय वार्ता टोली गठन

    प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी, ३ सदस्यीय वार्ता टोली गठन

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 594
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ ।

    बुधबार बसेको प्रदेश समितिको पदाधिकारी बैठकले नयाँ गठबन्धन बन्दा प्रदेश १ को नेतृत्व माओवादीले गर्न पाउनु पर्ने दावी गरेको हो ।



    सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।



    प्रदेश १ मा माओवादीका १३ जना प्रदेश सांसद रहेका छन् । नयाँ गठबन्धनमा एमालेका ४० जना प्रदेश सांसद रहेका छन् ।

    यस्तै नयाँ गठबन्धनमा रहेको राप्रपाका ६ र जसपाका एक जना प्रदेश सदस्य रहेका छन् । माओवादीले बनाएको वार्ता टोलीले शीर्ष नेताहरुसँग छलफल थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार