Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

    मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 447
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।



    १०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।



    ०७४ मा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार