Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेश प्रदेशसभा सदस्यले आज शपथ लिँदै

    मधेश प्रदेशसभा सदस्यले आज शपथ लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 600
    SHARES

    काठमाडौं । मधेश प्रदेशमा नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ ।

    गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो ।



    प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज बाँकी १०६ जना प्रदेश सांसदलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।



    जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

    नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार