Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

    एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ ।

    विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो ।



    भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको स्रोतले जानकारी दियो ।



    नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि यो प्रणाली पूर्ण सञ्चालनमा ल्याउने भएकोले मोबाइल अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

    मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए ।

    अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हाललाई स्थगित गरिएको बुझिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार