Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजदेखि कार्यान्वयनमा आउँदै एमडीएमएस, अवैध मोबाइलमा ‘नेटवर्क लक’

    आजदेखि कार्यान्वयनमा आउँदै एमडीएमएस, अवैध मोबाइलमा ‘नेटवर्क लक’

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 642
    SHARES

    काठमाडौं । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आजदेखि कार्यान्वयनमा आउँदै छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

    गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो ।



    आजदेखि प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक हुनेछ । अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।



    अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा भोलिदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

    एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिने छ ।

    प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार