Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भोलिदेखि एमडीएमएस पूर्णरुपमा लागू हुने

    भोलिदेखि एमडीएमएस पूर्णरुपमा लागू हुने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 684
    SHARES

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुन लागेको हो ।



    व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।



    एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार