Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गठबन्धनभित्रकै विरोधाभाषका कारण सरकारको आयु छोटिने प्रकाशशरण महतको दाबी

    गठबन्धनभित्रकै विरोधाभाषका कारण सरकारको आयु छोटिने प्रकाशशरण महतको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 558
    SHARES

    फाइल तस्विर

    बर्दिया । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले शुद्ध अवसरको लागि मात्र भएको गठबन्धनबाट निर्मित सरकारको आयु लामो नरहेको बताएका छन् ।

    नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको ४७औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि महतले यस्तो बताएका हुन् ।



    उनले गठबन्धनभित्रकै विरोधाभाषका कारण सरकारको आयु छोटिने दाबी गरे । सरकारमा सहभागी दलहरूको सिद्धान्त, विचार नभई अवसरको प्रतिस्पर्धा भइरहेकाले वर्तमान सरकारले नेपाली जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने जिकिर उनको छ ।



    विविध कोणमा विचार राख्ने पार्टीहरू शुद्ध सरकार र पदको लागि एक ठाउँमा उभिएको बताउँदै अहिलेको सरकारमा गणतन्त्र, राजतन्त्र, संघीयताको पक्ष र विपक्ष, संविधान मान्ने, नमान्ने सबै पार्टीको गठजोरबाट सरकार बनेको स्मरण गराए ।

    ‘नो नट अगेन’ भन्ने नारा दिएर ठूला कुरा गर्दै अहिलेको नेतृत्व काम छैन भन्नेहरू सरकारमा सामेल भएको उनको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार