Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : एभर्टनसँग बराबरीमा रोकियो सिटी

    इंग्लिस प्रिमियर लिग : एभर्टनसँग बराबरीमा रोकियो सिटी

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन् ।

    इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।



    खेलको २४ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा गरेको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एभर्टन खेलमा फर्कन सफल भयो ।



    ६४ औं मिनेटमा डेमराइ ग्रेले गोल फर्काउँदै खेल बराबरी ल्याए । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार