Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरीडकैती गर्ने ‘भारतीय गिरोह’ सार्वजनिक, ७ राउण्ड गोली र पेस्तोल बरामद

    चोरीडकैती गर्ने ‘भारतीय गिरोह’ सार्वजनिक, ७ राउण्ड गोली र पेस्तोल बरामद

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 825
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित पक्राउ परेका तीनजना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।



    शनिबार भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए ।



    उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलीलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार