Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साउदी अरब पुगे पोर्चुगिज स्टार रोनाल्डो

    साउदी अरब पुगे पोर्चुगिज स्टार रोनाल्डो

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 681
    SHARES

    काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । कीर्तिमानी रकममा अल नासर क्लबमा आबद्ध भएका रोनाल्डो साउदी पुगेका हुन् । अल नासरले रोनाल्डोलाई स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

    रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका हुन् । त्यस अगाडि म्यानचेस्टर युनाइटेडको कडा आलोचना गरेपछि दुवै पल्टले एकापसमा अलग हुने निर्णय गरेका थिए ।



    नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड झन्डै २८ अर्ब नेपाली रुपैयाँ पारिश्रमिक लिनेछन् ।



    यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो । अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार