Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल टी–२० लिग

    ज्ञानेन्द्र मल्लले भने – हाम्रो टीमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो

    ज्ञानेन्द्र मल्लले भने – हाम्रो टीमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 699
    SHARES

    काठमाडौं। नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।

    मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि कुरा गर्दै मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका हुन् ।



    उनले भने, ‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो । एज पर रुल हामीले त्यो एसीयू (एन्टी करप्सन युनिट) मा एड्रेस गरेका छौं ।



    अप्रोच प्रस्ताव र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्‍यो भन्दैमा (फिक्सिङ) गर्छ भन्ने नै हुँदैन । तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’

    कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् । यो कुराले खेलाडीलाई असर पर्ने भन्दै उनले नाम खुलाएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार