Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

    रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

    भन्छन् - नयाँ चुनौती सामनाको लागि तयार छु

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । साउदी अरेबियाको फुटबल क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।

    रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।



    रोनाल्डो सन् २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । साउदी अरेबियामा अल नसरका समर्थकहरुलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए ।



    ‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो ।’ प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको म्रसुल पार्कमा समर्थकहरू भेला भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार