Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेसको दोष छैन : प्रवक्ता महत

    प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेसको दोष छैन : प्रवक्ता महत

    प्रचण्ड र माधव नेपालले धोका दिए

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 633
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् ।

    पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताए ।



    उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’ उनले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिए ।



    उनले भने, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन । हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ ।’

    उनले प्रतिपक्षमा भएपनि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।

    सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार