Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाबुरामको चेतावनी – राप्रपासँग घाँटी नजोडौं, व्यवस्था नै धरापमा पर्न सक्छ

    बाबुरामको चेतावनी – राप्रपासँग घाँटी नजोडौं, व्यवस्था नै धरापमा पर्न सक्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले यस्तो चेतावनी दिएका हुन् ।



    उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणामबारे सरकारलाई सजग गराए ।
    गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने उनको माग छ ।



    ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ।’

    राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने एजेन्डासमेत उठान गर्दै आएको छ । यस्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ ।

    यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन्। ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं,’ उनले भनेका छन् ।

    राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार