Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा

    साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 582
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन्।

    शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन्। साझा यातायातको बिजुली बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन्।



    उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो। उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन्।



    ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए। त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार