Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली, राजनीतिक समितिको बैठक बस्दै

    मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली, राजनीतिक समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टी एकता लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यालय तीनकुनेमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेका अनुसार समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुनेछ ।



    पार्टी एकता तथा संवाद गर्न नेसपाले वार्ता समिति पनि गठन गर्ने तयारी गरेको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, माओवादीसँग पार्टी एकता, चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।



    शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको थियो । माओवादी केन्द्रले पनि शनिबार नै वामपन्थी दल र समूहबीच एकताका लागि कार्यदल गठन गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार