Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रेसुङ्गा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान हुँदै, नगरपालिकाले दियो बिदा

    रेसुङ्गा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान हुँदै, नगरपालिकाले दियो बिदा

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 513
    SHARES

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ ।

    रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । आज बिहान ११ बजे प्रदर्शन उडान हुँदैछ ।



    काठमाडौंबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाण्डौ फर्कने छ ।



    यस्तै रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार