Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आफ्नै घरमा आगो लगाएको आरोपमा रेखबहादुर पक्राउ

    आफ्नै घरमा आगो लगाएको आरोपमा रेखबहादुर पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 375
    SHARES

    फाइल तस्विर

    गुल्मी । आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ परेका छन् ।

    गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।



    आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएका थिए ।

    आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार