Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षका लागि जेल चलान

    बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 756
    SHARES

    गुल्मी । गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

    चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने बाँकेको खजुरा गाउँपालिका-७ का रहिस खाँलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।



    खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले पुर्पक्षको लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कारागार चलान भएका खाँ मदरसा गुल्सने मदिनाका प्रशिक्षक थिए ।



    बालिकाको गत कार्तिक १७ गते बिहान ६ बजे शान्तिपुर बजार नजिकैको हुग्दी खोलाको किनारामा नग्न शव भेटिएको थियो । जेल चलान भएका खाँ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार