Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गुल्मीको इस्मामा भीषण आगलागी, ३८ घरगोठ जले

    गुल्मीको इस्मामा भीषण आगलागी, ३८ घरगोठ जले

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 363
    SHARES

    गुल्मी । गुल्मीको इस्मामा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् ।

    गुल्मीको इस्मा गाउँपालिका-२ को स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा ३८ घरगोठ जलेका हुन् ।



    घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन्। अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ ।



    आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको गुल्मी प्रहरीले जनाएको छ । इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ ।

    आगलागीबाट इस्मा गाउँपालिका-१ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् ।

    घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।

    आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार