Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ का सभामुख र उपसभामुखको निर्वाचन पुस २८ र ३० मा हुने

    प्रदेश १ का सभामुख र उपसभामुखको निर्वाचन पुस २८ र ३० मा हुने

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 429
    SHARES

    विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरूको सर्वदलीय बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गरेको छ ।

    आइतवार बसेकाे कार्यव्यवस्था समितिकाे बैठकले २८ गते सभामुख र ३० गते उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।



    सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भागमा परेको छ ।



    बैठकमा एमाले नेता हिक्मत कार्की, रेवतीरमण भण्डारी, कांग्रेसका दलका नेता उद्धव थापा, हिमाल कार्की, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बूलगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार