Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने 

    चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने 

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 540
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ ।

    राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले सोमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विश्वासको मत नदिने बताए ।



    ‘मैले बालुवाटारमै प्रचण्ड र शेरबहादुरलाई गठबन्धन भत्किए तपाईंहरु दुवैलाई मेरो समर्थन हुँदैन भन्दिइसकेको हुँ । गठबन्धन प्रचण्डले टुटाएको हो, हामीले टुटाएको होइन । नाम मात्र कम्युनिस्ट भएर भएन, चरित्र पनि कम्युनिस्ट हुनुपर्यो ।’



    राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै सांसद रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार