Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ मा सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक, आजै मनोनयन दर्ता

    प्रदेश १ मा सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक, आजै मनोनयन दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 477
    SHARES

    मोरङ । प्रदेशसभा सचिवालयले प्रदेश सभामुखको निर्वाचन कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ ।

    प्रदेशसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभामुखको निर्वाचन पुस २८ का लागि तोकेपछि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।



    आज दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश सभामुखका लागि उम्मेदवारी दर्ता, ५ बजेदेखि ५:४५ बजेसम्म दाबीविरोध, ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी फिर्ता र ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।



    पुस २८ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन हुने कार्यतालिकामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार