Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी – २० लिग : विराटनगर सुपर किंग्स फाइनलमा

    नेपाल टी – २० लिग : विराटनगर सुपर किंग्स फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । विराटनगर सुपर किंग्स नेपाल टी – २० लिगको फाइनलमा प्रवेश गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयाल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।



    अब बुधबार हुने फाइनलमा विराटनगरले लुम्बिनी अल स्टार्सको सामना गर्नेछ । लुम्बिनीले यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।



    मंगलबारको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रन मात्र जोड्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रन तथा कप्तान ट्रेभोन ग्रिफिथले ३४ रन बनाए ।

    विराटनगरका केयोन जोसेफले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले २/२ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन जोड्यो ।

    विराटनगरका लागि गौरान्शु शर्माले सर्वाधिक ४२ रन बनाए । अर्जून साउदले ३५, राज नननले ३३ तथा हुसेन तलतले ३१ रनको योगदान गरे ।

    जनकपुरका लागि जितेन्द्र मुखियाले शराफुदिन असरफ, ललित राजवंशी र सामिउल्लाह शिनवारीले एक(एक विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार