Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

    नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 471
    SHARES

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा उपाधि जित्नका लागि विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टारबाट १ सय ३४ रनको लक्ष्य पाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनायो ।



    लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।



    विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

    पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।

    समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

    विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार