Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीमा सभामुखको निर्वाचन भोलि, राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी

    बागमतीमा सभामुखको निर्वाचन भोलि, राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 495
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा सभामुख पदका लागि भोलि निर्वाचन हुँदैछ। सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन्। राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्।



    नेपाली कांग्रेसबाट भने सभामुखमा शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेसका कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्। प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सिट रहेको छ।

    यस्तै, नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजुले पनि सभामुख पदका लागि मनोनयन दर्ता गराएकी छिन्। नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजुको प्रस्तावक र गीता काफ्ले समर्थक बसेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार