Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमती प्रदेशमा सभामुख पदको निर्वाचनमा मत विभाजन सुरु

    बागमती प्रदेशमा सभामुख पदको निर्वाचनमा मत विभाजन सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 816
    SHARES

    हेटौंडा । बागमती प्रदेशमा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

    सभामुखका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने गर्ने तय भएपनि बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।



    प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।



    सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गराएका छन् ।

    बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

    ११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।

    बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार