Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 708
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

    नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका हन् ।



    नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे । स्वतन्त्र सांसद राजीव गुरुङदीपक मनाङे भने प्रदेशभा बैठकमा अनुपस्थित रहे ।



    एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए ।

    तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार