Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 441
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    शनिबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनीहरुबीच अहिले सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल जारी रहेको बताइएको छ ।



    दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको छ ।



    प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डलाई सकस परिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार