Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बागमतीमा कार दुर्घटना : श्रीमान नदीमा बेपत्ता, श्रीमतीको उद्धार

    बागमतीमा कार दुर्घटना : श्रीमान नदीमा बेपत्ता, श्रीमतीको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 747
    SHARES

    काठमाडौं । काठमाडौंको चोभार पुल नजिकैबाट एउटा कार बागमती नदिमा खसेको छ । द्रुतमार्गबाट कीर्तिपुरतर्फ आउँदै गरेको बा.५च ५६५४ नम्बरको कार बागमती खसेको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर सो कार चालक दक्षिणकाली नगरपालिका–१ खहरे घर भएका राज कुमार लामिछाने बेपत्ता भएका छन् ।



    कारमा सवार ३५ वर्षीय अम्बिका लामिछाने (खत्री) गम्भीर घाइते भएकी छन् । अम्बिकाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार हुँदैछ । उनीहरु दुवैजना श्रीमान श्रीमति रहेको खुलेको छ ।



    बेपत्ताको खोजिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपनि फेला पार्न सकेनन् । नदीमा बेपत्ता उनको खोजिकार्य आजलाई रोकिएको छ । भोलि बिहान पुनः खोजि गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार