Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 459
    SHARES

    मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।



    त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।



    एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् भने एकीकृत समाजवादीको ७ जना सांसद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार